२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


गठबन्धन कांग्रेसले नै तोड्न खोजेको माओवादीकाे आराेप


819
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले गठबन्धनको सबै भन्दा ठूलो घटक कांग्रेसले गठबन्धन तोड्न खोजेको भन्दै असन्तुष्टि जनाएको छ ।

अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले आइतबार आफ्नाे सामाजिक सञ्जाल ट्वीटर मार्फत यस्ताे असन्तुष्टि जनाउनुभएको हो । कांग्रेसले पनि आफू कमजोर हुँदासम्म सहमति गरेर माथि पुग्नासाथ सहमति तोड्न खोजेको मल्लले आरोप लगाउनुभएकाे छ । स्वकीय सचिव मल्लेको ट्वीटरमा भनिएको छ, नेपाली राजनीतिको एउटा खराब चित्र र चरित्र यस्तो हुँदै आयो, आफू तल पर्दा एउटा सहमति गर्ने ।

तर आफू माथि पुगे भन्ने भान पर्न थाल्दा सहमति तोडिहाल्ने । पछिल्लो घटनाक्रमले के देखाउँछ कि इतिहासको फेरि दुःखान्त पुनरावृत्ति हाम्रा सामु छ ।’ यद्यपि,अहिले बालुवाटारमा शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालबीच निर्णायक छलफल चलिरहेको छ ।

चुनावअघि देउवा र दाहालबीच नयाँ सरकारको नेतृत्व आफूले गर्ने सहमति भएको दाहालले दाबी गर्दै आउनुभएको छ ।