१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गठबन्धन जोगाउनु अहिलेको आवश्यकता: मन्त्री कार्की


754
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन जोगाउनु अहिलेको आवश्यकता भएको बताउनुभएको छ।

आइतबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । सरकारका प्रवक्ता समेत रहनुभएका नेता कार्कीले गठबन्धन जोगाउनु अहिलेको आवश्यकता भएको र त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले निरन्तर छलफल गरिरहनुभएको बताउनुभएको हो ।

गठबन्धनबाट पहिलो चरणमा को प्रधानमन्त्री बन्ने भन्ने विषयमा सहमति जुट्न नसकिरहेका बेला नेता कार्कीले भने सबै विषय अन्तिम घडीमा टुंगो लाग्ने दावी गर्नुभयो ।