
काठमाडौं । नयाँ सरकार गठनमा सत्ताको भागवण्डा नमिलेपछि कांग्रेस सहितको पाँच दलीय गठबन्धन भत्किएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमत सहित नयाँ सरकार गठनका लागि आइतवार साँझ ५ बजेसम्मको समयसीमा दिनु भएको छ । त्यो समयसीमा सकिन लाग्दा वर्तमान सत्ता गठबनधनमा रहेका दलहरुबीच को प्रधानमन्त्री बन्ने भन्ने विषयमा चरणवद्ध रुपमा छलफल भएपनि सहमति जुट्न सकेन । आइतबार बिहान कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निवासमा कांग्रेस,नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुबीच सहमतिका लागि छलफल भएको थियो । तर सहमति भने जुटेन ।
खासगरी आलोपालो प्रधानमन्त्रीमा देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सहमति जुट्न नसकेको हो । दाहालले पहिलो पालोमा आफू प्रधानमन्त्री बन्नु पर्ने अडान राख्दै आउनु भएको थियो भने देउवाले पनि पहिलो २ वर्ष आफू प्रधानमन्त्री हुनुपर्ने अडान राख्दै आउनु भएको थियो । तर त्यसमा सहमपत जुट्न सकेन । सहमति नजुटेसँगै अब गठबनधन भत्किएको छ । कांग्रेस माओवादी दुबै एमालेको समर्थन जुटाउन वार्तामा जुटेका छन् ।
गठबन्धन भत्किनुमा कांग्रेस र माओवादीले एक अर्कालाई दोष लगाएका छन् । माओवादीले कांग्रेसका कारण गठबन्धन भत्किएको आरोप लगाएको छ भने कांग्रेसले माओवादीको कारण गठबन्धन टुटेको आरोप लगाएको छ । शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्दा २०७८ असार २९ गते कांग्रेस सहितको पाँच दलीय गठबनधन बनेको थियो । १८ महिना पछि गठबनधन भत्किएको हो ।
प्रतिक्रिया दिनुहोस्