
काठमाडौं । मोडल नीति शाहले भारतीय अभिनेता सुनिल सेट्टीसँग क्रिसमस इभ मनाएकी छन् ।
नीतिले सामाजिक सञ्जाल फेसबुकमा क्रिसमस इभको तस्वीरहरू सार्वजनिक गरेकी छन् । उनले आइतबार अर्थात क्रिसमसको दिन उक्त तस्वीर सार्वजनिक गरेकी हुन् ।
उनले तस्वीर सार्वजनिक गर्दै ‘हाइलाइट क्रिसमस इभ’ लेखेकी छन् । उनले सुनिलसँगको भेटबारे केही खुलाएकी छैनन् । थुप्रै विज्ञापनहरूमा अभिनय गर्दै आएकी नीति पछिल्लो समय फिल्ममा अभिनय गर्ने भएकी छन् ।
नीतिले मुकुन्द भट्टले निर्देशन गर्ने तयारीमा रहेको फिल्म ‘एक्स नाइन’ मा साइन गरेकी छन् । डेब्यु फिल्ममा उनले अनमोल केसीसँग काम गर्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्