२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


विश्वकपले रोकिएको इंग्लिस प्रिमियर लिगका खेलहरु आजबाट हुँदै


390
Shares

काठमाडौं । विश्वकप फुटबलका कारण रोकिएको इंग्लिस प्रिमियर लिगका खेलहरु सोमबारबाट सुरु हुँदैछन् ।

यो वर्ष हिउँदमा विश्वकप फुटबल आयोजना गरिँदा प्रिमियर लिगका खेलहरु बीचमै रोकेर खेलाडीहरु आ–आफ्नो देशको प्रतिनिधित्वि गर्दै कतार पुगेका थिए ।

कतारमा विश्वकप सकिएको दुई हप्तापछि सोमबारबाट प्रिमियर लिगका बाँकी खेलहरु हुन लागेका हुन् ।

सोमबार मध्यराति हुने खेलमा शिर्ष स्थानको आर्सनलले लण्डन प्रतिद्वन्द्वी वेष्ट ह्याम युनाइटेडको सामना गर्नेछ । सोमबारको पहिलो खेलमा भने साँझ सवा ६ बजे ब्रेन्टफोर्डले टोटनह्याम हट्सपरसँग खेल्नेछ ।

प्रिमियर लिगका ८ खेलहरु हुनेछन् । इंग्लिस प्रिमियर लिगमा १४ औं चरणका खेलहरु सकिँदा ३७ अंकसहित आर्सनल शिर्ष स्थानमा रहेको छ । ३२ अंकसहित म्यान्चेस्टर सिटी दोस्रो स्थानमा रहँदा एक खेल बढी खेलेको न्युकासल युनाइटेड ३० अंकसहित तेस्रो स्थानमा छ ।