१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मनकामना केबलकारको प्यानलमा क्षति पुगेपछि अनिश्चितकालका लागि सेवा अवरुद्ध


767
Shares

काठमाडौं । मनकामना केबलकारको प्यानलमा क्षति पुग्दा अनिश्चितकालका लागि सेवा स्थगन भएको छ । मनकामना दर्शन प्रा.लि.का अनुसार विद्युत् आपूर्तिमा भएको समस्याका कारण केबलकारको प्यानलमा क्षति पुगेको हो ।

मर्मतका लागि केबलकारको निर्माता कम्पनी अष्ट्रियाको डोपलमायरका प्राविधिक आउनुपर्ने भएकाले सेवा अनिश्चितकालका लागि बन्द गरिएको कम्पनीले जनाएको छ । अर्को सूचना जारी नभएसम्म केबलकार सेवा स्थगन रहने कम्पनीले जानकारी गराएको छ ।

केबलकार बन्द भएपछि मनकामना दर्शनमा जानेहरु पनि मारमा पर्ने भएका छन् ।