२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


देउवाले पार्टी सभापति र दलको नेता दुवै पदबाट राजीनामा दिनुपर्छ : घिमिरे


4.862k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले शेरबहादुर देउवाले पार्टी सभापति तथा संसदीय दलका नेताबाट राजीनामा दिनुपर्ने बताउनुभएको छ ।

सत्ता गठबन्धन जोगाउन नसकेको भन्दै घिमिरेले देउवाले दुवै पदबाट राजीनामा दिनुपर्ने बताउनुभएको हो ।

उहाँले सामाजिक सन्जालमा लेख्नु भएको छ, ‘सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजिनामा दिनुपर्छ ।

हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन ?’

उहाँले देउवाले राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाइने पनि चेतावनी दिनुभयो ।