
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाललाई समर्थन गर्ने तर सरकारमा भने नजाने बताएको छ ।
उन्मुक्ति पार्टीका एक नेताका अनुसार दाहाललाई अहिले बाहिरैबाट समर्थन गर्ने र आफूहरुले राखेका माग पूरा भएमात्रै सरकारमा जाने बताए । सो पार्टीले जेलमा रहेका पूर्व सांसद रेशम चौधरीको रिहाइको माग गर्दै आएको छ । चौधरी सो पार्टीका संरक्षक रहेका छन् । त्यसैगरी रेशम पत्नी रञ्जिता चौधरी अध्यक्ष हुनुहुन्छ । रञ्जिता कैलालीबाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुनुहुन्छ ।
माओवादी अध्यक्ष दाहालले रेशमको रिहाइका लागि पहल गर्ने आश्वासन दिएकाले प्रधानमन्त्रीमा समर्थन गरेको सो पार्टीले जनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि दाहाललाई समर्थन गर्ने तर सरकारमा नजाने बताएको छ ।
प्रतिक्रिया दिनुहोस्