२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


पार्टी खोलेको ७ महिनामै रवि लामिछाने उपप्रधानमन्त्री


767
Shares

काठमाडौं । पार्टी खोलेको सात महिनामै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछाने उपप्रधान एवं गृहमन्त्री बन्नु भएको छ ।

संचारकर्मी हुँदै राजनीतिमा छलाङ मार्नु भएका लामिछानेले गृह जस्तो महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । गृहमन्त्रालयको जिम्मेवारी सम्हाल्ने बित्तिकै सामाजिक संजाल प्रयोगकर्ताले लामिछानेलाई निर्मला पन्तका हत्यारा पत्ता लगाउने,भ्रष्टाचार निर्मूल पार्ने, गुण्डागर्दी हटाउने,देशको शान्ति सुरक्षा मजबुद पार्ने जस्ता काम गर्न सुझाव दिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी २० सीटसहित प्रतिनिधि सभामा चौथो ठूलो दल बनेको छ । पुराना र बृद्ध नेताहरुलाई राजनीतिबाट बिदा गर्नु पर्छ भन्दै आउनु भएका लामिछाने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उपप्रधान एवं गृहमन्त्री बन्नु भएको हो ।गत असार ७ गते रविले राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना गर्नु भएको थियो ।