
काठमाडौं । स्पेनमा एउटा बस पुलबाट खसेर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
स्पेनको लुगोबाट भिगो जाँदै गरेको बस करिब ३० मिटर उचाइबाट खसेर दुर्घटना भएको हो । तीव्र गतिका कारण बस बगिरहेको खोलामा खसेपछि चालकसहित दुई जना घाइते भएका छन् ।
खराब मौसमका कारण बस दुर्घटनामा परेको हुन सक्ने अधिकारीहरूले बताएका छन् । दुर्घटनाकाे बारेमा थप अनुसन्धान भइरहेकाे स्पेनकाे प्रहरीले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्