२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


जनहितमा काम गर्न मन्त्रीहरुलाई ओलीकाे निर्देशन


897
Shares

काठमाडाैं । नेकपा एमाले अध्यक्ष केपी ओलीले जनहितमा काम गर्न मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ ।

आज बिहान निजी निवास बालकोटमा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई बोलाएर अध्यक्ष ओलीले सुशासन, समृद्धि र राष्ट्रहितमा काम गर्न निर्देशन दिएको सचिवालयले जनाएको छ ।

एमालेबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल तथा बिना विभागीय मन्त्रीहरु दामोदर भण्डारी, ज्वालाकुमारी साह र राजेन्द्रकुमार राई बालकोट पुगेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकारमा एमालेबाट चार मन्त्री सहभागी छन् ।