३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


बढ्यो सुनचाँदीको मूल्य


702
Shares

काठमाडौं । साताको चौथो दिन आज बुधबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ७ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ४ सय रूपैयाँले बढेर एक लाख एक हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य बुधबार १० रूपैयाँले बढेर १ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।