२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


आरआर क्याम्पसमा विद्यार्थीबीच झडप, चार पक्राउ


663
Shares

काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा विद्यार्थीहरुबीच झडप हुँदा तीन जना घाइते भएका छन् ।

स्ववियु निर्वाचनको विषयमा छलफल भईरहँदा अखिलका विद्यार्थीहरुबीच विवाद भई खुकुरी हानाहान भएको प्रहरीले जनाएको छ ।

अध्यक्षको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा विवाद भएको बुझिएको छ ।

काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीले घाइतेहरुलाई उपचारका लागि काठमाडौं मोडल अस्पतालमा भर्ना गरिएको र प्रहरीले घटनाको अनुसन्धान सुरू गरेको बताउनुभएको छ ।

आक्रमण गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।