७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


लक्ष्मण सुवेदीको चलचित्रमा मलिका महत अनुबन्धित


1.17k
Shares

काठमाडौं । पत्रकार लक्ष्मण सुवेदीले निर्देशन गर्ने चलचित्रमा अभिनेत्री एवं मोडल मलिका महत अनुबन्धित भएकी छिन् ।

चलचित्रको शीर्ष भूमिकाको लागि मलिका अनुबन्धित भएकी हुन् तर, चलचित्रको नाम भने तय भइसकेको छैन ।

लक्ष्मणले सामाजिक सञ्जालमार्फत उक्त कुराको जानकारी दिएका हुन् । उनले मलिकासँग सम्झौतापछिको दुई वटा तस्वीर फेसबुकमा सार्वजनिक गर्दै उक्त चलचित्रमा लेखन, गीत, निर्माण तथा निर्देशन आफ्नो रहने उल्लेख गरेका छन् ।

लक्ष्मणले अन्य प्रमुख कलाकारका लागि अडिसन हुने र चलचित्र फागुनको पहिलो साता देखि छायांकनमा जाने जनाएका छन् ।