२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


अवैध व्यापार रोक्न परिसंघको आग्रह


52
Shares

काठमाडाैं । नेपाल उद्योग परिसंघले नवनियुक्त उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेसँग खुला सीमा क्षेत्रबाट हुने अवैध व्यापार रोक्न आग्रह गरेको छ ।

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले आज गृह मन्त्रालयमा गृहमन्त्री लामिछानेसंग भेट गरी यस्तो आग्रह गरेको हो ।

परिसंघका अध्यक्ष अग्रवालले मागमा आएको उच्च संकुचन, उच्च ब्याजदर, लगानी योग्य पूँजीको अभाव जस्ता कारणले उद्योगी व्यवसायीको मनोबल निकै खस्किएको बताउनुभयो । सरकारले विदेशी मुद्रा संचिती बढाउन आयातमा कडाई ग¥यो ।

सरकारले आयातमा कडाई गर्दा पनि अटोमोबाइल बाहेक अन्य वस्तुहरु बजारमा उपलब्ध भईरहेका छन् । मुलुकमा अवैध कारोबार बढिरहेको वास्तविकता यो अवस्थाले समेत पुष्टि गरेकाले यसलाई रोक्न गृह मन्त्रालयले प्रभावकारी कदम चाल्नुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिनुभयो ।

अवैध कारोबारका कारण स्वदेशी वस्तुको माग घटिरहेको, स्वदेशी वस्तुको प्रतिस्पर्धी क्षमता घटेको, सरकारले पनि राजश्व गुमाइरहेको र उद्योगीहरु हतोत्साही भईरहेको उहाँले बताउनुभयो । सो अवसरमा गृहमन्त्री लामिछानेले मुलुकको अर्थतन्त्र संकटोन्मुख रहेको भन्दै सुधारका लागि आफ्नो मन्त्रालयले गर्नुपर्ने काम प्रभावकारी रुपमा सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।