
काठमाडौं । गृह मन्त्रालयले बिना स्वीकृति प्रहरी अधिकारीले नेताका घर धाउन नपाउने भन्दै निर्देशन दिएकाे छ ।
कर्तव्य पालनाबाहेकको अवस्थामा प्रहरी अधिकारीले नेता तथा कूटनीतिक नियोगका व्यक्तिलाई भेट्दा पूर्वस्वीकृति समेत लिनुपर्ने गृहले दिएकाे निर्देशनमा उल्लेख छ ।
संगठनको कामबाहेकको अवस्थामा भेटघाटका लागि स्पष्ट प्रयोजनसहित विभागीय स्वीकृति लिनुपर्ने गृह मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएकाे छ ।
यसको प्रभावकारी कार्यान्वयन गर्न र अनुगमन गर्न गृहले नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकलाई निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्