
काठमाडाैं । गण्डकीका प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
प्रदेश सभाका जेष्ठ सदस्य मित्रलाल बस्यालले सांसदहरूलाई शपथ ग्रहण गराउनु भएकाे हाे ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बुधबारै बस्याललाई शपथ ग्रहण गराउनु भएकाे थियाे ।
शपथ ग्रहण समारोहमा सांसदहरु निर्वाचन आयोगले दिएको निर्वाचित भएको प्रमाणपत्रसहित राष्ट्रिय पोसाक वा जातीय पहिचान झल्किने पोसाकमा उपस्थित हुनु भएकाे हाे ।
प्रतिक्रिया दिनुहोस्