
काठमाडौं । अभिनेत्री पूजा शर्मा चलचित्र विकास बोर्डको महिला चलचित्र सशक्तीकरण समिति सदस्यमा नियुक्त भएकी छन् ।
लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय पूजालाई हालै बोर्डले उक्त पदमा नियुक्त गरेको हो ।
बोर्डले सोही दिन बोर्डको सल्लाहकार समितिमा वितरकद्धय गोपाल कायस्थ र गोविन्द शाहीलाई पनि नियुक्त गरेको छ ।
महिला चलचित्रकर्मीको हकाधिकार, सहभागिता, दक्षता अभिवृद्धि, लैंगिक शोषण एवं विभेदविरुद्ध जनचेतना बढाउने कार्यका लागि पूजालाई उक्त पदमा नियुक्त गरेको हो ।
प्रतिक्रिया दिनुहोस्