
एजेन्सी । कम्बोडियाको एक क्यासिनोमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ ।
थाइल्याण्डको सिमाना पोइपेटमा रहेको ग्राण्ड डायमण्ड सिटी होटलमा रहेको क्यासिनोमा आगलागीका समय ४ सय बढी मानिस रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
आगलागीमा परी कयौ घाइते भएको बताइएको छ । घाइतेहरु प्राय जलेको अवस्थामा रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
आगलागीको के कारणले भयो भन्ने एकिन नभए पनि बिद्युत सट भई आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।
पोइपेट थाइल्याण्ड र कम्बोडियामो प्रमुख क्रसिङ प्वाइन्ट रहेको र थाइल्याण्डमा क्यासिनोमा प्रतिबन्ध लगाईएका कारण कम्बोडियाको क्यासिनो जाने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्