
काठमाडौं । मधेस प्रदेशसभा सदस्यहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् ।
बिहीबार प्रदेशसभाका प्रदेश प्रमुख हरिशंकर मिश्रबाट शपथ लिनु भएका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले अरु सदस्यलाई शुक्रबार दिउँसो २ बजे शपथ गराउनु हुनेछ ।
१०७ प्रदेशसभा सदस्य रहेको मधेश प्रदेशमा शुक्रबार बाँकी १०६ जना सदस्यले शपथ लिने छन् ।
मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्ने सदस्यले विभिन्न आठ भाषामा शपथ ग्रहण गर्ने तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्