
काठमाडौं । प्रदेश १ को नेपाली कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित हुनुभएको छ ।
थापा १८ मत ल्याएर संसदीय दलको नेतामा निर्वाचित हुनुभएको हो ।
उहाँका प्रतिस्पर्धी केदार कार्कीले ९ मत पाउनुभयो भने अर्का उम्मेदवार अमृत अर्यालले २ मत पाउनु भयो ।
कृष्ण प्रसाद सिटौला निकट थापालाई महामन्त्री विश्वप्रकाश शर्माको समेत समर्थन थियो ।
थापा पार्टीको प्रदेश १ सभापति हुनुहुन्छ । प्रदेश १ मा कांग्रेसका २९ जना सांसद रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्