
फाइल तस्वीर ।
काठमाडौं । साताको छैटौं दिन आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ९ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ५ सय रूपैयाँले बढेर एक लाख एक हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोला एक लाख ९ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य शुक्रबार १५ रूपैयाँले बढेर १ हजार ३९५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्