१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


मोबाइलमा लागू भएको एमडीएमएस अलपत्र !


7.111k
Shares

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले मोबाइल फोनमा शुक्रबारदेखि लागू गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) अलपत्र पर्ने भएको छ ।

प्राधिकरणले भन्सार नतिरी ल्याइएका मोबाइल सेट शुक्रबारदेखि नचल्ने गरी एमडीएमएस लागू गरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्यसमा हस्तक्षेप गरेपछि उक्त नीति अलपत्र पर्ने भएको हो ।

प्राधिकरणले विदेशबाट आउने नेपालीहरुले एक भन्दा बढी मोबाइल ल्याएमा १८ प्रतिशत भन्सार कर लिने नियम लागू गरेकोमा प्रधानमन्त्री प्रचण्डले शुक्रबार नै त्यस्तो नियम लागू नगर्न अर्थमन्त्री विष्णु पौडेललाई निर्देशन दिनु भएपछि एमडीएमएस अलपत्र पर्ने भएको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले प्राधिकरणको नियमको विरोध गर्दै “नो रेमिट्यान्स” ह्यासट्याग चलाएपछि प्रधानमन्त्री प्रचण्डले पूर्ववत् सुविधा कायम राख्न निर्देशन दिनुभएको हो । विदेशबाट घर फर्केका नेपालीले आफ्नो परिवारका लागि ल्याइदिएको मोबाइलमा समेत सरकारले कर लिन लागेको भन्दै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले ‘नो रेमिट्यान्स’ ह्यासट्याग प्रयोग गर्दै विरोध जनाएका थिए ।

प्राधिकरणले भन्सारमा दर्ता नभई आएका सेटहरु शुक्रबारदेखि नचल्ने बताएको थियो । विदेश र भारतबाट अवैध रुपमा भित्रिने मोबाइल रोक्ने उद्देश्यले प्राधिकरणले यस्तो नीति लागू गरेको थियो ।