
काठमाडौं । लुम्बिनी अल स्टार्सले नेपाल टी–ट्वान्टी लिगमा अपराजित यात्रा कायमै राखेको छ ।
त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा लुम्बिनीले काठमाडौं नाईट्सलाई ३५ रनले पराजित गर्दै अपराजित यात्रा कायमै राखेको हो । लगातार पाँच जितसँगै लुम्बिनी प्लेअफ नजिक पुगेको छ ।
जितको लागि १५१ रनको विजयी लक्ष्य पछ्याएको नाइट्सले २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन मात्र बनायो ।
काठमाडौंका लागि अजमतुल्लाह उमरजाईले ३८, कमलसिंह ऐरीले अविजित १९, सुनाम गौतमले १८ तथा एलेक्स ब्लेकले ११ रन बनाए ।
लुम्बिनीका लागि हरमित सिंहले ३ तथा किशोर महतो, श्याड्ली भान, तिलक भण्डारी र ह्यारी टेक्टरले समान एक/एक विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १५० रन बनायो ।
लुम्बिनीका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले ४०, लाहिरु मिलन्थाले २५, स्याड्ली भानले २१, कुशल भुर्तेलले १९, अनिल शाहले १३ तथा हरमित सिंहले १२ रन बनाए ।
काठमाडौंका लागि अजमतुल्लाह उमरजाईले २ तथा अभिनाश बोहोरा, एलेक्स ब्लेक, सुनाम गौतम र अनिल खरेलले समान एक/एक विकेट लिए ।
लुम्बिनी ५ खेलमा १० अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । काठमाडौं ४ खेलमा ४ अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्