
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पानसमा बत्ती बालेर र बेलुन उडाएर तमु ल्होसारको उद्घाटन गर्नुभएकाे छ ।
काठमाडौंको टुँडिखेलमा गुरुङ राष्ट्रिय परिषद् काठमाडौंले तमू ल्होसारमा आयोजना गरेको विशेष कार्यक्रममा दाहाल प्रमुख अतिथिको रूपमा सहभागी भएर उद्घाटन गर्नुभएकाे हाे ।
तमु ल्होसारका अवसरमा शुक्रबार राजधानीमा विभिन्न झाँकीसहित र्याली निकालिएको छ। गुरूङ समुदायले परम्परागत भेषभुसा लगाएर र्यालीमा सहभागी भएका थिए। ल्होसारको अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ।
प्रतिक्रिया दिनुहोस्