२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


मधेस प्रदेशका २ जना माओवादी सांसदलाई शपथग्रहणमा सर्वाेच्चले लगायाे राेग


1.703k
Shares

काठमाडाैं । मधेस प्रदेशका २ जना प्रदेश सांसदलाई शपथमा सर्वोच्च अदालतले रोक लगाएको छ ।

संसद् सचिवालयका अनुसार महोत्तरी रजी हैदर र सप्तरीका मालाकुमारी कर्णलाई सर्वोच्चले सांसदको काम कारबाहीमा रोक लगाएको हाे ।

माओवादीले पठाएको बन्दसूचीअनुसार निर्वाचन आयोगले निर्वाचित नगरेको भन्दै सर्वोच्चमा मुद्दा दायर भएको र सर्वोच्चले तत्काल रजी र मालाकुमारीलाई शपथ नगराउन पत्र पठाएको सचिवालयले जनाएको छ ।

समानुपातिकको बन्दसूचीमा रहेकी खचान्जी महतो नुनियाले आफूहरूभन्दा तल रहेकालाई निर्वाचित गरेको भन्दै निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा मालाकुमारी र रजीको शपथमा रोक लगाउन माग गर्दै रिट दायर गरेकी थिइन् ।