
काठमाडाैं । हिमाली पर्यटनको मुख्य गन्तव्यका रुपमा पर्ने सोलुखुम्बुको उच्च हिमाली क्षेत्र खुम्बुका व्यवसायी तथा स्थानीय बासिन्दा जाडो छल्नका लागि काठमाण्डौ लगायत विभिन्न क्षेत्रमा जान थालेका छन् ।
पर्यटकीय सिजनमा व्यस्त हुने होटल एवं पसल व्यवसायीहरु पनि जाडो छल्न खुम्बुक्षेत्रबाट बाहिरिएको स्थानीयको भनाई छ । अधिकांश व्यवसायी तथा स्थानीय बाहिरिएसँगै खुम्बुक्षेत्र सुनसान दखिन्छ ।
पर्यटकीय सिजन चलिरहदा पर्यटकले खचाखच भरिएको खुम्बुको विमानस्थल, होटल लज, क्याम्पिङ साईट तथा दृश्यावलोकन गर्ने स्थल अहिले सुनसान बनेका हुन् ।
सगरमाथाको प्रवेशद्धार भनेर चिनिने नाम्चे, गोक्यो, कालापत्थर, एभरेष्ट बेस क्याम्पलगायतका ठाउँहरुमा पनि अहिले पर्यटकको चहलपहल सुनसान बनेपछि व्यवसायीहरु होटल छाडेर गएका छन् । केही होटल पसल खुल्ला भएपनि व्यवसायीहरुको जनजीवन कष्टकर बन्दै गएको छ ।
सिजनका बेला दैनिक एक सय बढी हवाई उडान हुने लुक्लामा अहिले दैनिक ५/६ वटा मात्रै उडान हुने गरेको नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख द्वारीका अछामीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्