२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


एकताका विषयमा झलनाथ खनाल र उपेन्द्र यादवबीच छलफल


3.289k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।

खनाल निवास डल्लुमा शुक्रबार दुई नेताबीच भएकाे भेटवार्तामा पार्टी एकताकाे विषयमा छलफल भएकाे हाे ।

डेढ घण्टा बढी भएको वार्तामा दुई नेताबीच समाजवादी एकता र वाम ध्रुवीकरणका विषयमा छलफल भएको स्रोतले बताएको छ ।

यसअघि समेत एउटै गठबन्धनमा भएकाले अबपनि सँगसँगै मिलेर जाने विषयमा छलफल भएको थियो ।