६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


ईपीएसमार्फत कोरिया जाने कामदारको भिसा शुल्क बढ्यो


221
Shares

काठमाडाैं । कोरियन भाषा परीक्षा (ईपीएस) प्रणालीमार्फत दक्षिण कोरिया जाने कामदारहरूको भिसा शुल्क बढेको छ ।

नेपालस्थित कोरियन राजदूतावासले १ जनवरी २०२३ देखि लागू हुने गरी भिसा शुल्क बढाएको हो ।

अहिलेसम्म दूतावासले ७ हजार २०० रूपैयाँ भिसा शुल्क लिने गरेको छ । अबदेखि उक्त शुल्कमा ६०० रूपैयाँ बृद्धि गरी ७ हजार ८०० पुर्‍याइएको हो ।