
काठमाडौं । दुई आत्मघाती गोल उपहार पाउँदा लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीलाई हराएको छ ।
शुक्रबार राति भएको खेलमा लिभरपुलले लेस्टर सिटीलाई २–१ ले हराएको हो ।
खेलको चौंथो मिनेटमा किर्नन हलले गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए । तर, ३८ औं मिनेटमा लेस्टरका वोउट फाएसले आत्मघाती गोल गरेपछि लिभरपुल खेलमा फर्कियो । त्यसपछि ४५ औं मिनेटमा फाएसले फेरि आत्मघाती गोल गरेपछि लिभरपुल २–१ ले विजयी भयो ।
यस जितसँगै लिभरपुल १६ खेलबाट २८ अंक बटुल्दै लिगको छैटौं स्थानमा रहेको छ । लेस्टर १७ खेलबाट १७ अंकसहित लिगको १३ औं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्