
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबार बस्ने भएकाे छ ।
सरकारमा सहभागिता हुने बारेमा निर्णय लिन अध्यक्ष उपेन्द्र यादवले बैठक बोलाउनु भएकाे हाे । शनिबारबिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बोलाइएको बैठकमा निर्वाचनको समीक्षा, पछिल्लो राजनीतिक विकसित घटनाक्रमकाे बारेमा पार्टीले निर्वाह गर्ने भूमिका र सरकारमा सहभागिता लगायतका विषयमा छलफल हुने जसपाका एक नेताले जानकारी दिनुभयो ।
जसपाले पुस १८ र १९ गते राजनीतिक समितिको बैठक समेत बोलाएको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन जनाए पनि जसपा सरकारमा सहभागी हुने वा नहुने बारेमा भने राजनीतिक समितिको बैठकले निर्णय गर्ने ती नेताले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्