
काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सिंहदरबारमा नागरिकको सहज पहुँच पुर्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्नुभएको छ ।
शनिबार बिहान प्रधानमन्त्री दाहाललाई भेटेर गृहमन्त्री लामिछानेले आम नागरिकलाई सिंहदरबार प्रवेश गर्न सक्ने वातावरण बनाउनुपर्ने बताउनुभएको हो । हाल सिंहदरबार प्रवेशका लागि पासको व्यवस्था गरिएको छ । भेटका क्रममा कोरोना संक्रमण व्यवस्थापनका लागि सीमा क्षेत्रमा सावधानी अपनाउने, हवाई र स्थलमार्गबाट आउने पर्यटकलाई ध्यानमा राखि स्वास्थ्य डेस्क र होल्डिङ सेन्टर स्थापना गर्ने विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
तराईमा शित लहर र हिमाली क्षेत्रमा हिमपातको व्यवस्थापन सहज रुपमा गर्न आवश्यक तयारी गर्ने विषयमा पनि छलफल भएको छ। भेटका क्रममा गृहमन्त्री लामिछानेले राजस्व चुहावट नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त समेत गर्दै अर्थमन्त्रालयसँग समन्वय गरी काम अघि बढाउने बताउनुभयाे ।
प्रतिक्रिया दिनुहोस्