८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


संखुवासभाकाे मेन्छयायम हाइड्रोपावरबाट विद्युत उत्पादन सुरू


117
Shares

संखुवासभा । संखुवासभाको मेन्छयायम हाइड्रोपावरले अन्तिम परीक्षण सम्पन्न गरेर विद्युत उत्पादन सुरु गरेको छ ।

चैनपुर नगरपालिका-२ पिलुवा खोलामा निर्मित ४ दशमलव ७२ मेगावाट क्षमताको यस आयोजनाले विद्युत उत्पादन सुरु गरेको हो । मेन्छयायमबाट उत्पादित बिजुली चैनपुरकै बानेश्वरस्थित २ सय २० केभीको सबस्टेसनमा जोडिने भएकाे छ ।सबस्टेसनसम्म ट्रान्समिटर लाइन जोडिइसकेको छ ।

१ अर्ब रुपैयाँको लागतमा निर्माण भएको आयोजना निर्माण सम्पन्न गर्न ६ वर्ष लागेको जनाइएकाे छ । आयोजनामा नबिल बैंक र राष्ट्रिय वाणिज्य बैंकको ऋण लगानी रहेकाे छ । साेही आयोजना सम्पन्न भएपछि स्थानीय पनि लाभन्वित हुने भएका छन् ।