
तेह्रथुम । तेह्रथुम र संखुवासभाको संगम स्थलमा रहेको पाथिभरा मन्दिरमा तीर्थालुसँगै आन्तरिक पर्यटकहरूको आवागमन बढ्न थालेको छ ।
पर्यटक र तीर्थालु वर्षभरी आउने गरेपनि जाडोमा हिउँ पर्ने सिजन र गुराँस फुल्ने सिजनमा पर्यटकको चाप बढ्ने गरेको हो । गुराँसको राजधानीसँगै रहेको यो मन्दिरमा दर्शन गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।
पूर्वका विभिन्न जिल्लाहरुको अवलोकन समेत यो मन्दिर परिसरबाट गर्न सकिने भएकाले पनि तीर्थालुसँगै पर्यटहरुको रोजाइमा तिनजुरेको पाथिभरा पर्ने गरेको छ । प्राकृतिक सुन्दरतासँगै हिउँ यहाँको पर्यटकको मुख्य आकर्षण हो ।
यहाँ पुगेपछि तराईको प्रदूषण र कोलाहल भन्दा प्राकृतिक मनोरम दृष्यसँगै रमाउँदा छुट्टै अनुभूति भएको सप्तरीबाट आएका पर्यटक कृष्णा साहको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्