
काठमाडौं । कपिलवस्तुमा नीलगाई मार्ने तीन जना पक्राउ परेका छन् ।
जिल्लाको यशोधरा गाउँपालिका–८ सिहोखोरको बाणगंगा नदीको बगरमा नीलगाई मारेर मासु भाग लगाउँदै गरेको अवस्थामा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।
सीमा प्रहरी चौकी, मर्यादपुरको टोलीले निल गाईको मासुसहित पक्राउ परेका तीन जनालाई डिभिजन वन कार्यालय कपिलवस्तुमा बुझाएको छ ।
निल गाई मारेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले नदीको बगरमा भागबन्डा गर्दै गरेको अवस्थाको निल गाईको खुर भएको दुई वटा खुट्टासहितको १२ किलो मासु समेत बरामद गरेको छ ।
तीन जनालाई नियन्त्रणमा लिएर वन कार्यालयलाई बुझाएको सव वन डिभिजन कार्यालय चेतरादेहीका सहायक वन अधिकृत प्रेमीलालप्रसाद शाहले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्