२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


अप्रत्याशित रूपमा गठबन्धन भंग, अघि बढ्नुको विकल्प छैन: माधव नेपाल


4.017k
Shares

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटीको बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी रहेकाे छ ।

साेही बैठकलाई सम्बोधन गर्दै शनिबार पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक परिस्थितिकाे बारेमा समयमा विचार नगर्दा अप्रत्याशित घटना भएर गठबन्धन भंग भएको बताउनुभएकाे हाे । उहाँले राजनीतिमा नयाँ किसिमको चुनौती देखापरेको र यसलाई आगामी दिनमा सम्बोधन गर्दै अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ ।

बैठकले आफ्नो पार्टी नयाँ गठबन्धनको सरकारमा जाने-नजाने भन्ने बारेमा निर्णय गर्ने बताइएको छ । यसअघि पनि अध्यक्ष नेपालले भर्चुअल बैठकबाट सरकारमा सहभागि हुने वा नहुने भन्ने बारेमा भूगोलका नेताहरुसँग छलफल गर्नुभएको थियो ।