
काठमाडौं । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा राजेन्द्रसिंह रावल सर्वसम्मत चयन हुनुभएको छ ।
शनिबार बसेको दलको बैठकले रावललाई दलको नेता सर्वसम्मत चयन गरेको प्रदेश सचिव तथा प्रदेश सभा सदस्य धर्मराज पाठकले जानकारी दिनुभयो ।
यस्तै, दलको उपनेतामा सन्तोष कुमारी शर्मा थापा सर्वसम्मत चयन हुनुभएको छ ।
रावल पार्टीका पोलिटब्युरो सदस्य तथा सुदूरपश्चिम सहइन्चार्ज हुनुहुन्छ भने थापा केन्द्रीय सदस्य तथा कैलाली सहइन्चार्ज हुनुहुन्छ ।
सुदूरपश्चिम प्रदेश सभामा एमालेका १० जना प्रदेश सभा सदस्य छन् ।
प्रतिक्रिया दिनुहोस्