१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कालिगण्डकी पुल निर्माणमा ढिलाइ


169
Shares

काठमाडौं । नवलपुरको बौदीकाली गाउँपालिका रकुवास्थित कालीगण्डकी नदीमा पुल निर्माणको काम अघि बढ्न सकेको छैन ।

नवलपुरको बौदीकाली गाउँपालिका–३ रकुवा र तनहुँको घिरिङ सुन्धारा–१ जगौली जोड्ने गरी कालीगण्डकी नदीमा निर्माणाधीन पुलको काममा सुधार हुन नसकेको हो ।

पाँच वर्ष अघि पुल निर्माणको सम्झौता भएको थियो । तीन वर्षभित्र निर्माण सक्ने गरी सम्झौता भए पनि हालसम्म २० प्रतिशत मात्रै काम भएको छ ।

पुल बनाउन दुई पटक म्याद थप गरिएको पुल योजना पश्चिम क्षेत्र सेक्टर नम्बर ४ पोखराका इन्जिनियर नवराज बास्तोलाले बताउनुभयो ।