
काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणले नेपाली राजनीतिमा बाह्य हस्तक्षेप बढेको बताउनु भएकाे छ ।
बिपी कोइराला अध्ययन प्रतिष्ठान बुटवल रुपन्देहीले आज मेलमिलाप दिवसको सन्दर्भमा बुटवलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता खाँणले यस्तो बताउनु भएकाे हाे ।
खाँणले नेपाली राजनीतिमा बाह्य हस्तक्षेप बढेको दावी गर्दै बाह्य हस्तक्षेप र प्रभावकै कारण नेपाली कांग्रेसलाई प्रतिकुलतामा पुर्याएको बताउनु भयाे ।
प्रतिक्रिया दिनुहोस्