
web pic
काठमाडौं । साविक विजेता एपीएफ क्लब २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा शनिबार भएको पहिलो क्वाटरफाइनलमा धरान फुटबल क्लबलाई २–० गोल अन्तरले हराउँदै एपीएफ अन्तिम चारमा पुगेको हो ।
एपीएफलाई जित दिलाउन बिकु तामाङ र युवराज खड्काले एक एक गोल गरे । खेलको ३७ औं मिनेटमा बिकुले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ४० औं मिनेटमा युवराजले गोल गर्दै एपीएफलाई २–० को जित दिलाए ।
१० टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् ।
यस्तै, विधागततर्फ उत्कृष्ट पाँचले जनही २५ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार र म्यान अफ द म्याचले ८ हजार पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्