
काठमाडौं । नेपाल पत्रकार महासंघले डिजिटल माध्यमबाट प्रेसमाथि आक्रमण बढेकाे जनाएकाे छ ।
शनिबार एक विज्ञप्ति जारी गरी महासंघले सन् २०२२ मा डिजिटिल प्रविधिको माध्यमबाट सञ्चारमाध्यम र पत्रकारमाथि आक्रमण बढेको जनाएकाे हाे ।
डिजिटल माध्यमबाट भइरहेको प्रेस स्वतन्त्रतामाथिको आक्रमण नयाँ चुनौती देखिएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएकाे छ, ‘अनलाइन सञ्चारमाध्यमको सिएमएसमा अनधिकृत प्रवेश गर्ने, संगठित रूपमा अनफलो अभियान चलाउने, सामाजिक सञ्जालमार्फत विभिन्न प्रकारका धम्की दिने, सामाजिक सञ्जाललाई बन्द गर्न प्रयास गर्ने र विमुख बनाउने तथा ह्याक गर्ने काम भएको छ ।’
प्रतिक्रिया दिनुहोस्