८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज उद्घाट्न हुँदै

'पोखरा महानगरले दियो सार्वजनिक बिदा'

208
Shares

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आइतबार उद्घाट्न गरिँदैछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले आइतबार बिहान विमानस्थलको उद्घाट्न गर्ने कार्यक्रम रहेको छ ।

वि.सं. २०३० सालमा अन्तर्राष्ट्रिय विमानस्थलको परिकल्पना गरिएको ५० वर्षपछि बल्ल पोखरेलीहरुको सपना पूरा भएको छ ।

चीनको ऋण सहयोगमा निर्माण गरिएको विमानस्थल २२ अर्ब रुपैयाँमा तयार भएको हो । सुरूमा ११ अर्बमा सकिने गरी डीपीआर तयार पारिएको विमानस्थल सम्पन्न हुँदा खर्च भने दोब्बर पुगेको छ ।

उद्घाट्नको दिन आइतबार हिमालयन एयरलाइन्सको एयर वस ३२० विमानले उडान गर्ने तयारी छ । यस विमानस्थलबाट एक महिनापछि मात्रै नियमित उडान गराइने छ ।

थाइ स्माइल, जजिरा, फ्लाई दुबइ, हिमालयन एयरलाइन्सलगायतका अन्तर्राष्ट्रिय विमान कम्नपीहरुले यस विमानस्थलबाट उडानका लागि चासो देखाएको नागरिक उडेडयन प्राधिकरणले जनाएको छ ।

यो नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो । काठमाडौं र भैरहवा विमानस्थलमा नरहेका सुविधान पोखरा विमानस्थलमा रहेका छन् ।

यसैबीच, विमानस्थल उद्घाट्नका दिन पोखरा महानगरपालिकाभरी आइतबार सार्वजनिक बिदा दिइएको छ ।

पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले शनिबार सूचना जारी गर्दै उद्घाटन समारोहमा व्यापक सहभागिताका लागि महानगर कार्यालय, महाशाखा, शाखा, वडा कार्यालय, विद्यालय एवं शैक्षिक संघसंस्था समेतमा लागू हुनेगरी स्थानीय बिदा दिइएको जानकारी दिएका हुन ।

महानगर र अन्तर्गतका कर्मचारी र शिक्षकलाई अनिवार्यरुपमा उद्घाटन समारोहमा उपस्थितिका लागि निर्देशन दिइएको छ ।

अमरसिंह चोकदेखि विमानस्थलसम्म विभिन्न जातजातिको सांस्कृतिक झाँकीसहित र्‍याली निकालिने तयारी छ । उद्घाटन कार्यक्रममा २०३० सालमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको परिकल्पना गरी जग्गा अधिग्रहण प्रक्रिया सुरू गर्ने तत्कालीन गण्डकी अञ्चलाधीश शंकरराज पाठकलाई अभिनन्दन गर्ने कार्यक्रम पनि रहेको छ ।