
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना स्पानियोलसँग बराबरीमा रोकिएको छ ।
शनिबार राति भएको खेलमा बार्सिलोनाले स्पानियोलसँग १–१ गोलको बराबरी रोकिएको हो ।
बार्सिलोनाका लागि मार्कोस अलन्सोले गोल गरे भने स्पानियोलका लागि जोसेलुले गोल गरे ।
खेलको सातौं मिनेटमा अलन्सोले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर, ७३ औं मिनेटमा जोसेलुले पेनाल्टीमा गोल गर्दै स्पानियोललाई १–१ को बराबरीमा ल्याए । बाँकी समय थप गोल हुन नसक्दा खेल १–१ गोलको बराबरीमा सकिएको हो ।
खेलमा दुवै टोली १० खेलाडीमा समेटिएको थियो ।
७८ औं मिनेटमा जोर्डी अल्बाले दोहोरो पहेँलो कार्डसहित रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा समेटिएको थियो भने ८० औं मिनेटमा भिनिसीएस सौजाले दोहोरो पहेँलो कार्डसहित रातो कार्ड पाएपछि स्पानियोल पनि १० खेलाडीमा समेटिएको थियो ।
बराबरीमा रोकिएपनि बार्सिलोना ३८ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । स्पानियोल १३ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्