६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ चैत्र ३ गतेबाट प्रदर्शन हुने


117
Shares

काठमाडौं । बहुपति प्रथामा आधारीत चलचित्र ‘टुल्की’ चैत्र ३ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

द पाल्म ग्रुप प्रालिको ब्यानरमा निर्माण गरिएको यस चलचित्रमा हिमाली भेगमा प्रचलित बहुपति प्रथालाई देखाइएको छ ।

देवजङ्ग थापाको निर्देशन रहेको यस चलचित्रमा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपाने लगायतको अभिनय रहेको छ ।

सुशील अधिकारी र नमराज घिमिरेले छायांकन गरेको उक्त चलचित्रको कथा लक्ष्मण सुनारले लेखेका हुन् । शेखर लामाको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा स्क्रिन प्ले लामाको रहेको छ भने आरपी कर्माचार्य र उजेली लामा निर्माता रहेका छन्।

चलचित्रले नेपाल ग्रामीण चलचित्र महोत्सव २०७९ मा उत्कृष्ट फिचर फिल्म तथा ‘स्क्रिन प्ले’ अवार्ड जित्न सफल बनेको थियो।चलचित्रलाई डोल्पामा छायांकन गरिएको हो ।