२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


नेपाल टी–ट्वान्टी क्रिकेटमा काठमाडौंद्वारा दोस्रो पटक जनकपुर पराजित


91
Shares

काठमाडौं । राजधानीमा जारी नेपाल टी–ट्वान्टी लिगमा काठमाडौं नाइट्सले जनकपुर रोयल्सलाई ९० रनले पराजित गरेको छ ।

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको पहिलो खेलमा काठमाडौंले दिएको १८१ रनको लक्ष्य पछ्याएको जनकपुर १९.१ ओभरकम अलआउट भएर मात्र ९० रन बनउन सक्यो ।

लिगमा काठमाडौंको यो तेस्रो जित हो । यसअघिको खेलमा पनि काठमाडौंसँग नै पराजित भएको जनकपुरको लिगमा यो दोस्रो हार हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको हो ।

काठमाडौंका लागि ओपनर सुनम गौतमले सर्वाधिक ६२ रनको अर्धशतकीय पारी खेले । र्‍यान बर्लले ६१ रनको अविजित पारी खेले । एलेक्स ब्लेकले १२ बलमा २० रन बनाए ।

जनकपुरका लागि जितेन्द्र मुखियाले ४ ओभर बलिङ गर्दै ३८ रन खर्चेर ३ विकेट लिए । सराफुदिन असरफ र त्रिभोन ग्रिफ्दले समान १–१ विकेट लिए ।

१८१ रनको लक्ष्य पछ्याएको जनकपुर १९.१ ओभरमा ९० रन बनाउँदै अल आउट भयो ।

जनकपुरका लागि सराफुदिन असरफले सर्वाधिक ३७ रन बनाए । सोमपाल कामीले २१ रन बनाए ।

काठमाडौंका लागि अभिनाश बोहोराले सर्वाधिक ४ विकेट लिए ।

पाँच खेल खेलेर समान ३ जित तथा २ हार हात पारेर ६ अंक सहित काठमाडौं अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । हारका बाबजुत छ खेलमा चार जित निकालेको जनकपुर ६ खेलमा ८ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा कायमै रहेको छ ।

दोस्रो खेलमा अहिले अल स्टार लुम्बिनी र विराटनगर सुपर किंग्सबीच खेल भईरहेको छ ।