
काठमाडौं । तेस्रो लिङ्गी पात्रको कथा समेटिएको ‘म एक्लै छु’गीत सार्वजनिक भएको छ ।
सार्वजनिक सुगम संगीत विधाको आधुनिक गीतलाई चर्चित गायक स्वरुप राज आचार्यले गायका छन् । जीवनमा सबै कुरा पाएर पनि मन मिल्ने मान्छे नभेट्दा आफैंमा एक्लिएको तेस्रो लिङ्गी पात्रको कथा गीतमा समेटिएको छ ।
समाजले अस्तित्व स्वीकार नगर्दा र राज्यले नागरिक अधिकार प्रत्याभूत नगर्दा दोहोरो मारमा परेका आम तेस्रो लिङ्गी समुदायको यथार्थपरक कथा गीत र भिडियोमा प्रस्तुत गरिएको छ ।
लक्ष्मी बर्देवा र जीवन भट्टराई अभिनित उक्त गीतमा कुमार रेग्मीको शब्द लेखन रहेको छ ।
प्रतिक्रिया दिनुहोस्