२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


‘एमालेले माधव नेपाललाई राष्ट्रपति बनाउने विषयमा सत्यता छैन’


351
Shares

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको प्रस्ताव आएको विषयमा कुनै सत्यता नभएको बताउनु भएकाे छ ।

आइतबार पार्टी कार्यालयमा स्थायी कमिटी बैठकबारे जानकारी दिन पत्रकारहरुसँग कुरा गर्दै उहाँले यस्ताे बताउनु भएकाे हाे ।

उहाँले नेकपा एमालेबाट यति ठूलो प्रस्ताव आउने विषय पत्याउन नसकिने बताउन नसकिने टिप्पणी गर्नुभयाे ।

उहाँले यदि यो विषयमा कतै चर्चा भएको भए एकीकृत समाजवादीको कार्यकर्तालाई भ्रममा राख्ने कोशिसमात्र भएको उपमहासचिव तुलाधरले बताउनु भयाे ।