२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अत्यधिक चिसो बढेपछि विद्यालय बन्द


494
Shares

काठमाडाैं । कञ्चनपुरमा चिसो बढेपछि विद्यालय बन्द गरिएका छन् । पछिल्लो एक सातायता कञ्चनपुरमा अत्यधिक चिसो बढेपछि यहाँको बेदकोट नगरपालिकाले नगरभित्रका सबै विद्यालय बन्द गरिएको हो ।

“अत्यधिक चिसो बढ्दा पठनपाठनमा बाधा पुगेकाले प्रधानाध्यापकहरुको बैठकबाट बिदा माग भएको हो ।” नगरपालिका शिक्षा शाखा अधिकृत मञ्जु थापाले भन्नुभयो, “त्यही मागअनुसार नगरपालिकाले हिउँदे बिदा दिने निर्णय गरेको हो ।” उहाँका अनुसार पुस १७ देखि माघ २ गतेसम्मका लागि विद्यालय बन्द गरिएका हुन् ।

चिसोका कारण विद्यार्थीलाई विद्यालय आउनजान समस्या भएपछि प्रधानाध्यापकहरूको भेलाले बिदा माग गरेको थियो ।