९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


लुम्बिनी कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी चयन


208
Shares

काठमाडौं । लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी सर्वसम्मत चयन हुनु भएको छ ।

गत मंसिर ४ गते भएकाे आम निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ (१) बाट दोस्रो पटक प्रदेश सभामा निर्वाचित हुनुभएकाे थियाे ।संस्थापन पक्षबाट डिल्ली चौधरी, राजु खनाल, अब्दुल रज्जाक र जन्मजय तिमिल्सिनाले संसदीय दलको नेतामा दावी गरेका थिए । संस्थापनइतरबाट वीरबहादुर राना र निमा गिरी पनि आकांक्षी रहेका थिए ।

लुम्बिनी प्रदेश सभामा कुल ८७ सिट मध्ये प्रत्यक्षमा १७ र समानुपातिकमा १० गरी कांग्रेसका २७ जना सांसद रहेका छन् । बहुमत सदस्य संस्थापन पक्षका रहेका छन् । लुम्बिनी प्रदेश सभामा नेकपा एमाले पहिलो दल हो । एमालेका २९ जना सांसद रहेका छन् ।