
काठमाडौं । सौरभ चौधरीको लेखन तथा निर्देशनमा चलचित्र ‘अगस्त्य’ बन्ने भएको छ ।
डार्क हर्स इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यस चलचित्रलाई प्रकास मल्ल र अनिस तामाङले निर्माण गर्नेछन् ।
‘अगस्त्य’ च्याप्टर १ र च्याप्टर २ गरेर दुई भागमा निर्माण हुने भएको छ । यसमा केही नेपाली र केही भारतीय कलाकार रहनेछन् । यस चलचित्रको दुवै भागको लेखन तथा निर्देशन चौधरीले नै गर्नेछन् ।
चलचित्रको छायांकन नेपाल र भारतमा हुने निर्माण टिमले जनाएको छ । राजेश श्रेष्ठको छायांकन रहने यो चलचित्रको आइतबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको नाम सार्वजनिक गरिएको हो ।
चलचित्रको आगामी बैशाखबाट छायांकन सुरु गरेर दशैंतिर प्रदर्शन गर्ने निर्माण टिमको योजना रहेको छ ।
प्रतिक्रिया दिनुहोस्